बझाङ । बझाङकाे केदारस्युँ गाउँपालिकाकाे अध्यक्षमा एकीकृत समाजवादी पार्टीका गणेश बहादुर बोहरा विजयी भएका छन् । बाेहराले नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार लोकेश भण्डारीलाई १ हजार ९सय१३ मतले पछि पार्दै विजयी भएका हुन् ।
अध्यक्ष बोहराले ४ हजार ३ सय २१ कूल मत पाएका छन् । भने गाउँपालिकाको उपाध्यक्ष पदमा नेपाली काङ्ग्रेसकी मनिसा धामीले ३ हजार ९सय ३१ मत ल्याएर विजयी भएकी छन् । उनले एमालेकी नारा गुर्धामीलाई १ हजार ७८२ मतलेपछि पार्दै विजयी भएकी हुन् ।
नेकपा एकीकृत समाजवादी, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको चुनावी गठबन्धन भएकाे थियो ।
बझाङ
प्रतिक्रिया