भरतपुर महानगरमा ३८,८६४ मत गणना, रेनु ३ हजार मतले अघि

चितवन । भरतपुर महानगरपालिकामा गठबन्धनकी उम्मेदवार रेनु दाहालले आफ्नो अग्रतालाई फराकिलो बनाउँदै लगेकी छन् । बिहीबार बिहानसम्मको मतगणनामा रेनु एमालेका उम्मेदवार विजय सुवेदीभन्दा ३ हजार १ मतले अघि छिन् ।

३८ हजार ८६४ मत गणना हुँदा रेनुले १४ हजार ७६६ मत पाएकी छन् । एमालेका सुवेदीले ११ हजार ७६५ मत प्राप्त गरेका छन् । रेनु विरुद्ध कांग्रेसबाट बागी उम्मेदवार बनेका जगन्नाथ पौडेलले ६ हजार ९० मत पाएका छन् ।

उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारीले १७ हजार ९६ मतका साथ अग्रता कायम राखेका छन् । राप्रपाकी हिमला गुरुङले ९ हजार ५०१ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया