काठमाडाैंमा बालेन भन्दा स्थापित ८९५१ मतले पछि

काठमाडौं । काठमाडौं महानगरपालिकामा कुल खसेको मतमध्ये ५० हजार मतपत्रको गणना भएको छ । बुधबार बेलुकी कुल खसेको मतमध्ये ५० हजार मतपत्रको गणना सम्पन्न भएको हो । वैशाख ३० गतेसम्म स्थानीय तह निर्वाचनमा १ लाख ८९ हजार ४२० मत खसेको थियो । जारी मतगणनाअनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले १८ हजार २३७ मत ल्याएका छन् ।

उनलाई नेकपा एमालेका उम्मेदवार केशव स्थापित ९ हजार ५१७ मतका साथ पछ्याइरहँदा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ८ हजार ५३७ मत प्राप्त गरेकी छन् ।

महानगरको उपप्रमुखमा एमाले उम्मेदवार सुनिता डंगोलले १७ हजार ८२६ मत पाएकी छन् । उनलाई नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठ ५ हजार ७२२ मतका साथ पछ्याइरहेका छन् ।

काठमाडौंका ३२ वडामध्ये १, २, ३ र ५ नम्बर वडाको गणना सम्पन्न भइसकेको छ । अहिले ४, ६, ७, २८, २९, ३०, ३१ र ३२ नम्बर वडाको मतगणना भइरहेको छ ।

प्रतिक्रिया