काठमाडौं । बुढानीलकण्ठ नगरपालिकामा नेकपा एमालेका मिठाराम अधिकारीले जीत हासिल गरेका छन् । कुल खसेको मतमध्ये १४२५० मत ल्याएर चुनाव जितेका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार विनोद चालिसेलाई हराउँदै अधिकारी नगरपालिकाको मेयरमा निर्वाचित भएका छन् ।
कांग्रेसका चालिसेले कुल खसेको मतमध्ये ११ हजार ५१२ मत ल्याएका थिए । चालिसेलाई अधिकारीले २७३८ मतान्तर बढी ल्याएर चुनाव जितेका छन् । त्यसैगरी बुढानीलकण्ठ नगरपालिकाको उपमेयसमा एमालेकै अनिता लामा निर्वाचित भएका छन ।
एमालेबाट बिजय उपमेयर लामाले १४ हजार ३ सय १४ मत प्राप्त गरेकि छन् भने निकटतम् प्रतिद्वन्द्वी रमिला वाग्लेले ११ हजार ९ सय ७२ मत प्राप्त गरेकी छन् । नगरपालिकाका १३ मध्ये १० वडामा एमाले विजयी भएको छ भने दुईवटामा कांग्रेस र एउटामा स्वतन्त्र उम्मेदवारले जितेका छन । बूढानीलकण्ठ नेपाली कांग्रेसका महामन्त्री गगन थापाको प्रमुख आधार क्षेत्र हो ।
अधिकारी नेकपा एमालेमा पुराना र पाका नेतामा गनिन्छन् । उनी नेकपा एमालेका बागमती प्रदेश कमिटि सदस्य समेत हुन् । सानै देखि राजनैतिक र सामाजिक सेवाक्षेत्रमा क्रियाशील रहेका अधिकारीले समुन्नत बुढानीलकण्ठ निर्माणका लागि आफ्नो उम्मेदवारी दिएको बताउँदै आएका थिए ।
प्रतिक्रिया