बझाङको ६ वटा वडामा गठबन्धन विजयी

बझाङ । जिल्लाको मष्टा गाउँपालिका प्रमुख र उपप्रमुख सहित ६ वटा वडामा सत्ता गठबन्धनका उम्मेदार बिजयी भएका छन् । गठबन्धनवाट गाउँपालिका अध्यक्षमा ज्ञानबहादुर बोहरा, उपाध्यक्षमा हर्कबहादुर धामीसहित ६ वटा वडामा गठबन्धनका उम्मेदारले विजयी हासिल गरेको होे ।

गठबन्धनवाट (नेपाली कांग्रेस)का गाउँपालिका अध्यक्षका उम्मेदवार ज्ञानबहादुर बोहराले ३ हजार ८३ मत पाएर विजयी भएका भने उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका गाउँपालिका अध्यक्ष पद उम्मेद्वार दीपक रोकायाले २ हजार ३ सय ३७ मत प्राप्त गरी पराजित भएका छन् ।

यस्तै गाउँपालिका उपाध्यक्षमा गठबन्धनबाट (नेकपा माओवादी केन्द्र)का हर्कराज धामीले नेकपा एमालेका उम्मेदवार शर्मिला रोकायालाई ४ सय ८७ मतले पछि पार्दै विजयी बनेका छन् ।
वडागत रूपमा हेर्दा सात वटा वडा रहेको मष्टा गाउँपालिकामा गठबन्धनले ६ वटा वडामा जित हासिल गरेको छ भने एक वडामा नेकपा एमालेले जित हात हासिल गरेकोे छ । मष्टा–१ मा गठबन्धनबाट (नेकपा माओवादी केन्द्र)का वडाध्यक्षसहित प्यानल विजयी भएको छ ।

वडा–२ मा नेपाली कांग्रेसका गठबन्धनका उम्मेदवार प्रकाश खड्का नेकपा एमालेका बिर्ख कठायतलाई नौ मतले पछि पार्दै विजयी भएका छन् । वडा–३ मा गठबन्धनका (एकीकृत समाजवादी)का धर्मराज धामी २ सय ९१ मतसहित विजयी भएका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका पुरन धामीले २ सय १५ मत प्राप्त गरी पराजित भएका छन् ।

वडा–४ मा गठबन्धन (कांग्रेस)का उत्तम जोशी ३ सय ४२ मतसहित विजयी भएका छन् भने नेकपा एमालेका गोपाल कठायत ३ सय २७ मत प्राप्त गरी पराजित गरेका हुन् । वडा–५ मा गठबन्धन(कांग्रेस)का सुधन बोहरा ३ सय ४० मतसहित विजयी भएका छन् भने नेकपा एमालेका रण बोहरा ३ सय ३४ मत प्राप्त गरी पराजित भएका छन् ।

वडा–६ मा गठबन्धन (नेकपा माओवादी केन्द्र) शिवराज बोहरा ४ सय ५८ मतसहित विजयी भएका छन् भने नेकपा एमालेका गोपाल आग्री १ सय ३२ मत प्राप्त गरी पराजित भएका हुन् ।

त्यसैगरी वडा–७ मा नेकपा एमालेका धनबहादुर जेठारा ४ सय २१ मतसहित विजयी हासिल गरेका छन् भने गठबन्धनबाट (नेकपा माओवादी केन्द्रका) रमेश जेठारा ३ सय ८० मत प्राप्त गरी पराजित भएका छन् । पालिका भरी राप्रपाका उम्मेदवारले जम्मा ६ मतमा सीमित बनेका छन् ।

प्रतिक्रिया