पोखरा । स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता बढाएका छन् । जारी मतगणनामा १२०९७ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले ४८५८ मत प्राप्त गरेका छन् ।
आचार्य नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले भन्दा ५०६ मतले अगाडी रहेका छन् । थापाले ४३५२ मत प्राप्त गरेका छन् ।
त्यसैगरी उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले ४९९३ मतसहित अगाडी रहेकी छन् भने एमालेकी मञ्जुदेबी गुरुङले ४९८० मतसहित उनलाई पछ्याएकी छन् ।
प्रतिक्रिया