पोखरा महानगरमा गठबन्धनका आचार्यकाे अग्रता कायमै

काठमाडौं । पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका धनराज आचार्यले अग्रता कायमै राखेका छन् ।

अहिलेसम्म ८६९३ मत गन्दा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीको उम्मेदवार धनराज आचार्यले ३४६५ मत ल्याएका छन् ।
उनलाई पच्छ्याइरहेका एमालेका कृष्ण थापाले ३१०८ मत पाएका छन् । आचार्य थापाभन्दा ३५७ मतले अघि छन् ।

उपमेयरमा पनि सत्ता गठबन्धनले नै अग्रता लिएको छ । उपमेयरमा साझा उम्मेदवार कांग्रेसकी कोपिला रानाभाटले ३६०० मत ल्याएकी छन् भने एमाले उम्मेदवार मञ्जुदेवी गुरुङले ३५७५ मत ल्याएकी छन् ।

प्रतिक्रिया