नवलपुर । नवलपुरका आठवटै पालिकाहरुमा अहिले मतगणना जारी छ । जिल्लामा चार गाउँपलिका र चार नगरपालिका रहेका छन ।
सबै पालिकाहरुमा मतगणना जारी रहँदा आधा पहाडी र आधा समथर भू–भाग ओगटेको हुप्सेकोट गाउँपालिकाका ३ वटा वडाको मतगणना सम्पन्न भईसकेको छ ।
मतगणना सकिएका सबै वडामा नेपाली कांग्रेसका उमेदवारहरु विजयी भएका छन् । हुप्सेकोट गाउँपालिकाको वडा नम्बर ६ मा छामबहादुर सोमै १०१ मतान्तरले, वडा नम्बर ५ मा पदमबहादुर राना ३९३ मतान्तरले र वडा नम्बर १ मा प्रेमबहादुर घर्तीमगर १८० को मतान्तरले प्यानलसहित वडाध्यक्षमा विजयी भएका हुन् ।
सोमै र राना दोस्रो कार्यकालका लागि वडा अध्यक्षमा निर्वाचित भएका हुन् भने यी ३ वटै वडा २०७४ सालको स्थानीय निर्वाचनमा पनि नेपाली कांग्रेसले जित निकालेको थियो ।
मतगणना सम्पन्न भएका ३ वडामा नेपाली कांग्रेसको तर्फबाट गाउँपालिका अध्यक्षको उम्मेदवारले ४८४ र उपाध्यक्षका उमेदवारले ५७५ मतको अग्रता लिएका छन् । गाउँपालिकाका जम्मा ६ वटा वडामध्ये ३ वटा वडाको मतगणना जारी रहेको छ ।
नवलपुर (पूर्वी नवलपरासी)
प्रतिक्रिया