डुङ्गेश्वर गाउँपालिका–१ मा माओवादीका उम्मेदवार बिजयी

दैलेख । दैलेखमा नेकपा माओवादी केन्द्रबाट डुङ्गेश्वर गाउँपालिका–१ को वडाध्यक्षका उम्मेदवार श्याम राना विजयी भएका छन् । राना ७ सय ८१ मत सहित वडाध्यक्षमा विजयी भएका हुन् ।

उनका निकटम् प्रतिस्पर्धी एमालेका लोकबहादुर डांगीलाई २ सय ५७ मतले पराजित गर्दै उनी विजयी भएका हुन्, एमालेका डांगीले ५ सय २४ मतमा सिमित भएका छन् ।

यो वडामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको गठबन्धन थियो । गठबन्धनका उम्मेदारसँग एमाले पराजित भएको हो । वडामा वडाध्यक्ष रानासहित प्यानल नै विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया