तनहुँ । तनहुँको व्यास नगरपालिकामा मेयरका उम्मेदवार दीपकराज जोशीमाथि कुटपिट भएको छ । मतदान केन्द्र निरीक्षणको क्रममा रिस्ती पुगेको बेला नेपाली कांग्रेसका कार्यकर्ताले जोशीमाथि आक्रमण गरेका हुन् ।
जोशी व्यास नगरपालिकामा नेकपा एमालेबाट मेयरका उम्मेदवार भएका छन् । व्यास नगरपालिका क्षेत्र कांग्रेस नेता रामचन्द्र पौडेलको निर्वाचन क्षेत्र पनि हो । गोविन्दराज जोशी कांग्रेसका पूर्व नेता हुन् ।
जोशीको सचिवालयका सदस्य सम्झना सुनारका अनुसार जोशी चढेको गाडी तोडफोड भएको छ भने जोशीको टाउकोमा चोट लागेको छ । जोशीलाई प्रहरीको सुरक्षामा राखिएको बताइएको छ ।
प्रतिक्रिया