काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा यही वैशाख ३० गते मात्र काठमाडौं फर्कने भएका छन् । चुनावी अभियानका क्रममा देश दौडाहमा रहेका देउवा अहिले गृहजिल्ला डडेलधुरामा छन् । नेपाली कांग्रेसका सभापति समेत रहेका देउवाले आज गृहजिल्लामा हुने चुनावी सभालाई सम्बोधन गर्नेछन् । उनले आज बिहान १० बजे र दिउँसो २ बजे गरेर दुईवटा सभालाई सम्बोधन गर्नेछन् ।
प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार देउवा सभा सकेर गृहजिल्लामा नै बस्नेछन् । देउवाले पूर्वमा विराटनगरदेखि काठमाडौं, चितवन, दाङलगायत विभिन्न स्थानमा भएका सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गरेका थिए ।
प्रतिक्रिया