महानगरमा हामी फूल ड्यूटी गर्न जाने हो : धनराज आचार्य

काठमाडौं । पोखरा महानगर मेयरका उम्मेदवार धनराज आचार्यले सम्मुनत पोखरा बनाउने जिम्मेवारी पूरा गर्ने अभियानलाई सफल पार्न मतदानको अपिल गरेका छन् । पोखरामा आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै आचार्यले पोखरालाई लयमा फर्काउन मतदान गर्न अपिल गरेका हुन् ।

‘पहिलो दिनमै म भन्ने कुराबाट माथि उठेर हामी भनेर समग्र पोखराको नेतृत्व गर्नेछौं । समग्रमा अल्पकालीन र दिर्घकालीन योजना बनाएर पोखरालाई समृद्ध बनाउनेछौं,उनले भने,’ महानगरमा हामी १०–५ ड्यूटि जाने होइन । फूल ड्यूटी गर्न जाने हो । ‘

प्रतिक्रिया