पर्वत । पर्वतको कुश्मा बजारमा मादल र मुरचुङ्गाको तालमा उम्मेदवारहरुले घरदैलो गर्दै मतदाता सँग मत मागेका छन् । स्थानीय तहको निर्वाचन आउन अव ५ दिन बाँकी छ । निर्वाचन नजिकिदै जाँदा उमेदवारहरुले मत माग्ने नयाँ नयाँ विधिको प्रयोग गर्न थालेका हुन् ।
मतदातालाई आकर्षित गर्न मत माग्ने नयाँ नयाँ विधिको प्रयोग गरेका उमेदवार तथा दलका कार्यकर्ताले कुश्मा बजारमा आइतबार भजन जुलुस निकालेका छन् । एमालेका उमेदवारहरुलाई मत माग्न घरदैलो अभियानमा जुटेका एमाले कार्यकर्ताहरुले भजन गाउँदै आफ्ना उम्मेदवारको पक्षमा मत मागेका हुन् । पछिल्लो समयमा मत माग्ने यो नयाँ तरिका देखिएको छ ।
कुश्मा नगरपालिका वडा नं. ५ मा एमालेका कार्यकर्ताहरुले एमालेका उम्मेदवारको पक्षमा भजन गाएर घरदैलो गर्दै मत मागेका छन् । एमालेको तर्फबाट कुश्मा ५ मा ज्ञानेन्द्र जोशी वडा अध्यक्षका उमेदवार छन् । एमालेले कुश्मा नगरपालिकामा गणेश शर्मा पौडेललाई नगर प्रमुखको उमेदवार बनाएको छ ।
यसैगरी उपप्रमुखमा स्वस्थानी रिजाललाई एमालेले उमेदवार बनाएको छ । त्यसै गरी यहि नगरपालिकामा गठबन्धनको तर्फबाट नगर प्रमुखमा रामचन्द्र जोशि र उप–प्रमुखमा शंकर गिरी चुनावी मैदानमा रहेका छन् । जिल्ला प्रशासन कार्यालय पर्वतले भने आचारसंहिता उलङ्घन हुने गरी प्रचारप्रसार नगर्न आग्रह गरेको छ ।
प्रतिक्रिया