ओलीले संसद विघटन गर्दा राजा महेन्द्र सम्झिएँ : वरिष्ठ नेता पौडेल

चितवन । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूहरुको प्रतिस्पर्धा अरुसँग नभएर एमालेको ओली पवृतिसग भएको बताएका छन् ।

बिहीबार चितवनको राजधानी भरतपुरमा आयोजित सभालाई सम्वोधन गर्दै पौडेलले यस्तो बताएका हुन् । ‘कांग्रेसको प्रतिस्पर्धा अरुसँग होइन, ओली प्रवृतिसँग हो’, पौडेलले भने । उनले नेपालको विकासलाई अलमल्याउन केपी ओली नायक बनेको बताए ।

पौडेलले भने ,‘ ओलीले संसद विघटन गर्दा १७ सालको राजा महेन्द्रको कदमलाई मैले सम्झिएँ । उनले त्यसलाई ठीक ट्रयाकमा ल्याउन गठबन्धन आवश्यक भएको बताए ।

प्रतिक्रिया