पद, पैसा र सुविधाका लागि सांसदबाट मेयरमा ‘डिमोसन’

काठमाडौं । काजाीमान कागते कुनै बेला सूर्योदय गाउँविकास समिति ईलामका अध्यक्ष थिए। उनी इलामको क्षेत्र नं १ बाट प्रदेश संसाद निर्वाचित भएका थिए। तर कागतेले स्थानीय निर्वाचन २०७९ को सम्मुखमा आएर प्रदेश सांसदबाट राजीनामा दिए। यसको एउटै कारण थियो – स्थानीय तहमा चुनाव लड्नु । प्रदेश सांसद काजीमान कागतेसंगै गोपालचन्द्र बुढाथोकीले पनि राजीनामा दिएका हुन् ।कागते इलाम क्षेत्र नम्बर–१ (ख) र बुढाथोकी झापा १ को (ख) बाट निर्वाचित भएका थिए । यस पटकको स्थानीय निर्वाचनमा उम्म्मेदवार बन्नका लागि चार प्रदेशका ७ जना सांसदले पदबाट राजीनामा दिएका छन् ।

बागमती प्रदेशबाट नेकपा एमालेका २ जना, मधेश प्रदेशबाट जसपा र कांग्रेसका गरी २ जना, १ नम्बर प्रदेशबाट एमालेका २ जना र लुम्बिनी प्रदेशबाट माओवादी केन्द्रबाट १ जना सांसदले राजीनामा गरेका छन् । महानगरपालिकामा मेयर बन्नका लागि भन्दै बागमती प्रदेशका दुईजना सांसदहरूले पदबाट राजीनामा दिएका छन् । चितवनको भरतपुर महानगरपालिकाको मेयर बन्नका लागि बाग्मती प्रदेशका सांसद विजय सुवेदीले दिएको राजीनामा दिएका थिए। उनले एमालेबाट भरतपुर महानगरपालिकामा मेयर पदमा उम्मेदवारी दिएका छन् ।

त्यसैगरी काठमाडौं महानगरपालिकामा मेयर पदमा उम्मेदवारी दिनका लागि एमालेकै प्रदेश सांसद केशव स्थापितले पनि राजीनामा दिएका छन् । मेयर बन्नका लागि भन्दै मधेश प्रदेश सभाका २ जना सांसदहरूले पदबाट राजीनामा गरेका छन् । रौतहटको निर्वाचन क्षेत्र नम्बर ४(२)बाट निर्वाचित शेषअबुल कलाम आजादले राजीनामा दिएका छन् । रौतहटको गढीमाई नगरपालिकाको प्रमुख बन्नका लागि उनले राजीनामा दिएको बताइएको छ । स्वतन्त्रबाट निर्वाचित भएका उनी पछि जनता समाजवादी पार्टीमा प्रवेश गरेका थिए। अहिले जसपाबाट मेयर पदमा लड्नका लागि आजादले प्रदेश सांसदबाट राजीनामा दिएका हुन् ।

त्यसैगरी मधेश प्रदेशकै सर्लाही जिल्लाबाट निर्वाचित नेपाली कांग्रेसका प्रमुख सचेतक उपेन्द्र महतो कुशवाहाले सांसद पदबाट राजीनामा गरेका छन् । कास्की क्षेत्र नं ३ का संसाद कृष्ण थापाले पछिल्लो पल्ट आएर राजीनामा गरेका छन् । यस भन्दा अघि एमालेले मेयरका लागि उम्मेदवार बनाएका दीपक पौडेललाई सून चोरीको अभियोग लागेपछि विकल्पका रुपमा उनलाई राजीनामा गर्न लगाइएको हो ।

पहिलाको स्स्थानीय निर्वाचनमा भन्दा यस पटक उम्मेदवार हुुनेको आकर्षण बढ्दो देखिएको छ । त्यसैकारण माथिल्लो पद छोडेर स्थानीय निर्वाचनमा उम्मेदवार बन्नेको आकर्षण बढेको बताइएको छ । यसबाहेक स्थानीय तहमा अहिले साधनस्रोत पनि छ । त्यसले चुनाव उठ्नेका लागि आकर्षण बढेको छ ।

राजनीतिक दलको संख्या पनि बढी भएको र दलहरू बढी भएपछि चुनावमा उम्मेदवार पनि बढ्ने स्वभाविक भएको राजनिितक विश्लेशकहरु बताउँछन् । दलहरूलाई स्थानीय स्रोत कब्जा गर्न सकिएन भने आफ्नो राजनीतिक ‘स्पेस’ कमजोर बन्छ भन्ने भयले गर्दा सबैको ध्यान स्थानीय तहमै केन्द्रित हुन पुगेको र, स्थानीय तह नै दलहरूका भोट र स्रोतका केन्द्र भएकोले पनि यस तर्फ आकषर्ण बढेको बताइएको छ ।

प्रतिक्रिया