पाकिस्तानमा किन मारिँदैछन् चिनियाँ नागरिक ?

इस्लामावाद । चीनले पाकिस्तानको कराँची शहरमा तीन चिनियाँ नागरिकको हत्यामा कडा प्रतिक्रिया दिँदै यसका लागि जिम्मेवार व्यक्तिहरुलाई कडा सजाय दिनुपर्ने धारणा व्यक्त गरेको छ । पाकिस्तानको कराँची युनिभर्सिटी कनफ्युशियस सेन्टरमा गत मंगलबार भएको आत्मघाती हमलामा तीन चिनियाँ शिक्षकको मृत्यु भएको छ । यो बिस्फोटमा एक पाकिस्तानी ड्राइभरको पनि मृत्यु भएको र अन्य घाइते भएका छन् । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले चिनियाँ दूतावास पुगेर यो हमलामा मृत्यु हुने चिनियाा नागरिकप्रति समवेदना जताएको छ ।


यसअघि उनले ट्वीट गरेका थिए, ‘कराँचीमा चिनियाँ नागरिक र अन्यको मृत्युले मलाई गहिरो पीडा दिएको छ । पीडित परिवारप्रति मेरो हार्दिक समवेदना । म आतंकवादको यो कायरतापूर्ण कारवाहीको निन्दा गर्छु । दोषीलाई निश्चित रुपमा न्यायको कठघरामा ल्याइनेछ ।’ हमलापछि पाकिस्तान स्थित चिनियाँ दूतावासले पाकिस्तान सरकारले चिनियाँ नागरिकमाथि पुनः यस्तो व्यवहार नहोस् भनेर सुनिश्चित गर्नुपर्ने बताएको छ । तर पाकिस्तानमा चिनियाँ नागरिकलाई निशाना बनाइएको यो पहिलो घटना भने होइन ।


बलूच अलगाववादी चीनविरोधी किन ?
चीन पाकिस्तनमा ६२ अर्ब डलरको लगानी गरेर एक आर्थिक करिडोर तयार गरिरहेको छ जसलाई अंग्रेजीमा चीन–पाकिस्तान इकोनोमिक करिडोर भनिन्छ । यो इकोनोमिक करिडोर चीनको महत्वाकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिशिएटिभको एउटा महत्वपूर्ण अंग हो । यस अन्तर्गत चीन दशकौँदेखि पाकिस्तानको बलूचिस्तान प्रान्तमा पर्ने ग्वादर बन्दरगाहलाई विकसित गर्ने कोसिस गरिरहेको छ ।


जेएनयूमा स्कूल अफ इन्टरनेशनल स्टडीका प्रध्यापक स्वर्ण सिंहले केही समय अघि बीबीसीसँगको कुराकानीमा सिपेकको महत्वलाई सम्झाएका थिए । उनले भनेका थिए, ‘चीनलाई मध्य एशियाबाट असाध्यै धेरै ऊर्जा स्रोत चाहिन्छ । भविष्यमा सिंगापुर नजिकैको मलाक्का जल सन्धिबाट ऊर्जाको स्रोत पाउन गाह्रो हुनसक्छ भन्ने चिन्ता उसलाई थियो । त्यसैले चीन भिन्न भिन्न बाटोको खोजीमा रहेको छ र त्यसैमध्ये एउटा बाटो उसले ग्वादर बन्दरगाह छान्यो ।’


‘यसको सुुरुवात ९० को दशमा भइसकेको थियो । चीनले सुरुमा तेल आयातका लागि यसको उपयोगिता बुझेको थियो, पछि यसको दायरा विस्तार भयो र पछि अन्य ऊर्जा र ऊर्जा परियोजना थपिए । यो सम्पूर्ण परियोजनालाई सिपिइसी नाम दिइएको थियो ।’ स्वर्ण सिंहले यो आयोजनाको काम अहिलेसम्म पूरा नभएको र यसका लागि बलुच जनताको विद्रोह जिम्मेवार रहेको बताए । बलूचिस्तानमा चीनको लगानीमाथि मूलभूत आपत्ति यो हो कि पाकिस्तानले बलूचिस्तान र विशेषगरी ग्वादरको भविष्यको निर्णय गर्दा बलूचिस्तान प्रान्तको नेतृत्वलाई विश्वासमा लिनु त परको कुरा, सूचनासमेत दिएनन् ।


पाकिस्तानको बलूचिस्तान सूबा एशियामा सुन, तामा र ग्यासको सबैभन्दा ठूलो भण्डारमध्ये एक हो । तर यति हुँदाहुँदै पनि यसलाई पाकिस्तानको सबैभन्दा पिछडिएको इलाका मानिन्छ । र स्थानीय यसका लागि सरकारलाई जिम्मेवार मान्छन् । जनसंख्याको हिसाबले बलूचिस्तान दोस्रो सबैभन्दा ठूलो इलाका हो । तर अहिलेसम्म पाकिस्तानको गद्दीमा पञ्जाब शहरबाट आउने राजनेताकै दबदबा रहेको छ ।


स्वर्ण सिंहका अनुसार बलुच पृथकतावादीले बारम्बार भन्ने गर्छन् कि – सिपेकमा पनि त्यस्तै हुनेछ जुन पाकिस्तानको संघीय सरकार वा पञ्जाबजस्ता अन्य समृद्ध प्रान्तहरुले बलुचिस्तानको स्रोतबाट फाइदा उठाउनेछन् । यस्तै, स्थानीयले पनि यो इलाकामा चीनको कब्जा रहने र बलूचिस्तान बासीलाई आफ्नो प्राकृतिक र अन्य स्रोत साधनको प्रयोग गर्ने मौका नपाउने सोच्ने गर्छन् । त्यसैकारण त्यहाँका मानिस सिपेकको विरोध गर्दै आएका छन् । र यो लडाईं बलूचको स्वतन्त्रताको लडाईंको हिस्सा होइन ।

प्रतिक्रिया