भोकमरी र लुटपाट बढ्ने संकेत

अनुषा थापा

यति थोरै तलबले के गर्ने ? घरभाडा तिर्ने कि रासन खर्च जुटाउने । स्कुलको शुल्क तिर्ने कि सार्वजनिक सवारी चढ्ने । बिरामी हुँदा लाग्ने खर्च छुट्टै छ । अब कुनै पनि हालतमा गरिब मानिसहरूले दुईछाक पेटभरि खान पाउँदैनन् । भोकभोकै काम गर्नुपर्ने अवस्था आएको छ । आम्दानी नभएको कतिपयको भाडा थुप्रिदै गएको छ । दुई÷तीन महिनादेखि कोठाबहाल तिर्न नसकेको भन्नेहरू यतिकै छन् । अबको परिस्थितिले धेरैले घर भाडासमेत तिर्न नसक्ने देखाउँदै छ ।

बजारमा भएको आर्थिक तरलताको बहाना बनाउँदै विभिन्न संघसंस्था, निजी वित्तीय संस्था, होटल, पसल, घरायसी काम गर्नेहरूलाई धमाधम रोजगारीबाट निकालिएको छ । काम लाउने साहुहरूको एउटै भनाइ छ, अब हामी तलब दिन सक्दैनाँै । हाम्रो पसल, संस्था, होटल नै धरासायी बन्ने स्थितिमा आइसक्यो । हिजो आपूmलाई नाफा हुन्जेल थोरै तलब दिएर कामदार दलाउने, अहिले आफ्नो आम्दानी भन्नेबित्तिकै कामबाट निकाल्ने । मुलुकमा ऐन कानुन छैन ? कामदारका लागि सरकार छैन ?

सरकारले मासिक १५ हजार तलब दिने भने तापनि निजी फर्म, कम्पनीले सातदेखि आठ हजारमा काम लगाउँछन् । यता, घरायसी काम गर्नेलाई त महिनाभर जम्मा तीनदेखि चार हजारमा काम लगाएको पाइन्छ । सरकारले कामबाट केही कारणबस कामदार निकाल्न परेमा तीन महिनाको तलब क्षतिपूर्ति बापत दिनुपर्ने भनेको छ । त्यसैगरी, उनीहरूलाई नियुक्ति पत्रको व्यवस्था पनि गर्नुपर्ने भनिएको छ । तर, अधिकांश निजी फर्म र घरयसी कामदारले नियुक्ति पत्र पाएका छैन् भने तीन महिनाको तलबको कुरै छोडौँ, फाइदा हुनञ्जेल कम तलबमा साहुले रगतपसिना चुस्छ, फाइदा हुन छोडेपछि कामबाट निकाल्छ । अब ती निमुखाहरू उजुरी गर्न कहाँ जाने ? उजुरी दिनलाई नियुक्ति पत्र पनि छैन । सामन्ती साहुहरूका कारण कामदारहरू भोकै मर्नेछन् ।

यो हुनुको एउटै मात्र कारण अर्थतन्त्रको खस्किँदो अवस्था हो । होटल, रेस्टुरेन्टमा गएर खानेको संख्या निकै न्यून छ । खान आउने ग्राहकलाई ठगेर त होटलहरूले कमाउने हो । बैंक फाइनान्सका कर्मचारीहरूको पनि एकाएक रोजगारी गुम्दै छ । बजारमा पैसा राख्ने मान्छे नभएपछि सहकारीले धमाधम बजार प्रतिनिधि निकाल्दै छ । सर्वसाधारणहरूले बैंकमा भएको पैसा निकालेर घरमा लगेर लुकाएर राख्न थालिसकेका छन् । यता, पसलहरूमा खरिदकर्ता निकै कम छन् । मानिसहरूले लत्ताकपडा किन्नै छाडिसके । तर, यसको मार त गरिब जनतालाई मात्र परेको छ ।

बिहान खाए बेलुका के खाने ? भन्ने सोझा जनताहरू पनि ठलुो बज्रपात जाइलागेको छ । आपूm भोकै बसेपछि आफ्नो परिवारको पेट पाल्नैप¥यो । तापनि सम्बन्धित निकायको यस विषयमा ध्यान गएको छैन । श्रममन्त्री कृष्ण श्रेष्ठले उनीहरूको हक दिलाउन पनि सकेनन् । अहिले गरिबको पक्षमा रहेर बोल्न पनि श्रममन्त्री श्रेष्ठलाई लाज लाग्छ । श्रममन्त्री गैरजिम्मेवार हुँदा निमुखा जनताहरूको हकअधिकार खोसियो । तापनि त्यस्ता साहुमहाजनलाई कारबाही गर्न उनी चुकेका छन् ।

विभिन्न फर्म, कम्पनी र घरमा काम गर्ने मानिसहरू नपढेका हुन्छन् । भर्खर गाउँघरबाट आएका, सिधासाधी र कानुनको विषयमा ज्ञान नभएका सर्वसाधारणहरूले यस क्षेत्रमा काम गर्दछन् । व्यावहारिकता र विश्वस्नियताको आधारमा उनीहरूले काम गरेका हुन्छन् । उनीहरूलाई नियुक्ति पत्र र सरकारको ऐनकानुनबारे के थाहा ? हिजो आपूmसँग भएको बल सबै प्रयोग गरेर काममा खटिए । थोरै तलबमा रातदिन नभनी काम गरे । तर, आज तलब दिन सकिएन कामबाट निक्लेर जानुस् भन्दा उनीहरूको चित्त कति दुखेको होला ? अब भोकभोकै मर्नुपर्ने हो कि भन्ने चिन्ताले कति पिरोलिरहेको होला ?

हीनताबोधले ग्रस्त श्रममन्त्रीका कारण कुनै पनि कामदारले आफ्नो हकअधिकार पाएनन् । न मनलाग्दी गर्ने साहुहरूलाई कारबाही भयो । थोरै तलब भए पनि बाध्यताका कारण उनीहरूले काम गरिरहेका थिए । महँगी जति बढे पनि, सार्वजनिक सवारीको भाडा बढाइए पनि, घरधनीले कोठाबहाल बढाए पनि जसोतसो काम गरिरहेका थिए । अब कसरी बालबच्चा पाल्ने, घरभाडा कसरी तिर्ने, बिहानबेलुकाको गुजारा कसरी गर्ने, गाडी कसरी चढ्ने भन्ने बोझ उनीहरूमाथि थपिएको छ । अन्त काम नपाउञ्जेल के गर्ने ? भोको बस्न सकिँदैन ।

घरधनीले पनि महिनादिन पुग्न नपाउदै भाडा माग्छन् । तिम्रो काम छैन्, अलि पछि दिए पनि हुन्छ भन्दैनन् । बच्चाको स्कुलको फिस पनि तिर्नैप¥यो । गरिबहरूलाई जताततैबाट दुःखले मात्र घेरेको छ । सरकार नभएको मुलुकमा गरिबका निम्ति दुई वटै विकल्प बाँकी छन् । कि भोकै बस्ने, कि अर्को ठाउँमा थप सस्तोमा काम गर्ने । सरकारको निर्णय हरेक व्यवसायीले धोती लगाइदिए । अब त्यही धोतीले मुख छोपेर श्रममन्त्री श्रेष्ठ हिँड्छन् । महँगी बढेको अनुपातमा कसैको तलब बढेको छैन् ।

बरु, थप घट्दै गइरहेको छ । यति थोरै तलबले के गर्ने ? घरभाडा तिर्ने कि रासन खर्च जुटाउने । स्कुलको फिस तिर्ने कि सार्वजनिक सवारी चढ्ने । बिरामी हुँदा लाग्ने खर्च छुट्टै छ । अब कुनै पनि हालतमा गरिब मानिसहरूले दुई छाक पेटभरि खान पाउँदैनन् । भोकभोकै काम गर्नुपर्ने अवस्था आएको छ । आम्दानी नभएको कतिपयको भाडा थुप्रिदै गएको छ । दुई÷तीन महिनादेखि कोठाबहाल तिर्न नसकेको भन्नेहरू यतिकै छन् । अबको परिस्थितिले धेरैले घर भाडासमेत तिर्न नसक्ने देखाउँदै छ ।

सस्तो ठाउँको खोजी गर्नेहरूको संख्या दिनानुदिन बढ्दै छ । कोठाबहाल तिर्न नसकेकाहरू आफ्नो सामान छोडेर अन्तै जान तम्तयार भइसकेका छन् । पछिल्लो समय घरबहाल व्यापार बनेको छ । खेतीयोग्य जमिनमा घर बनाउने, भाडामा लगाउने र सुतिसुति खाने । घरधनीले घरबहालमा लगाएर धेरै आम्दानी गरिरहेका छन् । आपूmलाई मनलाग्दी भाडा राख्ने, सरकारलाई राजस्व पनि नतिर्ने । यही आम्दानी देखेर बैंकफाइनेन्सले घरजग्गा, सेयर, निजी प्लेटका गाडी, निजी शैक्षिक संस्था र पाटी प्यालेसलाई मिटर व्याजमा कर्जा दियो । तर, वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा लगानी गरेनन् ।
बैंकफाइनान्सले गरेको लगानी अब डुब्ने देखिसकेको छ । घरमा भात खाने चामल छैन भने होटलमा गएर कसले मःमः खान्छ ? अब बिहेदान गर्नलाई को पार्टी प्यालेसमा जान्छ । घरजग्गा, गाडी किन्नलाई आम्दानी पनि त हुनुप¥यो । बैंक फाइनान्सको अब भागाभाग सुरु हुन्छ । बढी नाफा देखेर गरेको लगानी अहिले आफैँलाई बोझ बन्दै छ । बैंक फाइनेन्स आफ्नो खुट्टामा आपैmँले बन्चरो हाने । हिजो सबै व्यापार व्यवसाय फस्टाएको थियो । तर, विगत दुई वर्षदेखि सबै क्षेत्र डामाडोल बनेको छ ।

सबै क्षेत्रमा आर्थिक संकट देखिएको छ भने सेयर व्यापारमा पनि गिरावट आइसकेको छ । घरजग्गा, गाडीको व्यापारमा पनि मन्दी छाइसकेको छ । व्यापार नहुनेबित्तिकै यसको असर सिधैं वित्तीय संस्थामा पर्न जान्छ । अब कसैले पनि किस्ता तिर्न सक्दैनन् । बैंक फाइनेन्सले कर्जा उठाउन सकिरहेका छैनन् भने बचतकर्ता छदै छैनन् । जसको मार कामदारमा पप्यो । डुब्ने आशंका भइसकेपछि बैंकफाइनेन्सले विभिन्न बहाना बनाउँदै कर्मचारी कटौती गर्न थालेका छन् । अर्थविद्हरूले पैसा राख्ने कोही छैन, निकाल्ने मात्र बढी छ भनेर बारम्बार भनिरहेका छन् ।

जो मान्छेले हिजो सेयर, गाडी, जग्गा महँगोमा किन्यो ऊ डुबिसक्यो । पैसा हुनेले अब यी क्षेत्रमा थोपो पनि लगानी गर्दैनन् । भोलि खाँचो पर्नसक्छ भनेर पैसा हुनेले सञ्चिति गर्न थालिसकेका छन् । पैसा जाम हुनेबित्तिकै र बजारमा नआउनेबित्तिकै अर्थतन्त्रलाई धक्का पुगिहाल्छ । जति पैसा चल्यो सरकारलाई त्यति नै फाइदा हुने हो । पैसा चलनचल्ती नआउनेबित्तिकै राज्यले राजस्व पाउँदैन । कुनै पनि सामानको भ्यालु रहँदैन । बेरोजगारीको सीमा झन्झन् बढ्दै छैन् । मुलुकको अर्थतन्त्र नाजुक बन्छ ।

च्याउ उम्रे जसरी बैंक फाइनेन्सलाई दर्ता गर्न दिइयो । जनतालाई प्रलोभन देखाउँदै पैसा राखे तर त्यसलाई सही ठाउँमा लगानी सकेनन् । अहिले आएर बैंकफाइनेन्स मात्र होइन् जनता पनि डुब्ने भए । महँगो व्याज लिएर कर्जा दिँदा सामानको महँगी बढ्यो । कृषि, उद्योग लगायतका क्षेत्रमा लगानी गरेको भए आज बैंकफाइनेन्स डुब्दैनथ्यो भने धेरै मानिसले रोजगारी पाउथे । अर्थतन्त्र दरो बनाउन यसले झनै सहयोग पुग्थ्यो । अहिले अधिकांश सर्वसाधारणहरू आफ्नो बचत रकम निकाल्न दैनिक बैंकफाइनेन्स धाइरहेका छन् । संस्थाका अध्यक्ष र चेयरम्यानहरू कार्यालयमा भेटिदैनन् । सरकारले देशको अर्थतन्त्र बचाउन तुरुन्त योजना बनाउनुपर्छ । यही स्थितिमा देश अघि चल्ने हो भने कतिपय मान्छे भोकै मर्छन् ।

प्रतिक्रिया