मन्त्री झाँक्रीसँग स्पष्टिकरण माग

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहीता उल्लंघनको विषयलाई लिएर शहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन प्रयोजनका लागि आचारसंहिता जारी भइसकेको अवस्थामा आयोगको अनुमति नलिई अमेरिका भ्रमणमा गएको विषयलाई लिएर मन्त्री झाँक्रीलाई स्पष्टिकरण सोधिएको हो ।

निर्वाचन आचारसंहीता जारी भइसकेपछि मन्त्री झाँक्री अमेरिका भ्रमणमा गएकी थिइन् । मन्त्री झाँक्रीको विषयमा आयोगमा उजुरी परेको बताइएको छ । निर्वाचन आचारसंहीता लागू भएपछि सरकारी ओहोदामा बसेका कुनै पनि ब्यक्तिले विदेश भ्रमणमा जाँदा आयोगको अनुमति लिनुपर्ने प्रावधान छ ।

अमेरिका भ्रमणमा जानुअघि मन्त्री झाँक्रीले आयोगसँग अनुमति लिएकी थिइनन् । ‘आचारसंहिता लागू भएपछि सरकारी पदाधिकारीहरु आयोगको अनुमति नलिई विदेश भ्रमणमा जान पाइदैन । उहाँ निर्वाचन आयोगसँग अनुमति त परैको कुरा, कुनै जानकारी पनि नदिई भ्रमणमा जानुभएको देखियो’, आयोगले भनेको छ ।

प्रतिक्रिया