कोलकाता : बलिउड अभिनेत्री कट्रिना कैफले अभिनेता सलमान खानलाई ‘बडेभाइ’ भनिदिएपछि हलिउडमा हंगामा मच्चिएको छ । कोलकातामा हालै आयोजित अन्तर्राष्ट्रिय फिल्म समारोहमा उनले सलमानलाई ‘बडेभाइ’ बताएकी हुन् । प्रेम, रोमान्स र ब्रेकअपका सवालमा यो जोडी सधैँ बलिउडमा चर्चाको विषय बन्ने गर्छ ।
कट्रिनाले बलिउड बादशाह शाहरुखका साथ अभिनय गरेको पछिल्लो चलचित्र जब तक हे जान अहिले प्रदर्शन भइरहेछ । कार्यक्रममा पनि उनी शाहरुखकै साथ उपस्थित थिइन् । कुनै बेला सलमानको प्रेमिकाका रूपमा चर्चा पाएकी कट्रिनालाई बलिउडमा स्थापित गराउन सलमानको महत्त्वपूर्ण भूमिका छ । केही समयअघि यी दुईबीचको सम्बन्धमा किचलो उत्पन्न भएको सार्वजनिक भएको थियो । अहिले यिनीहरूको सम्बन्ध सामान्य अवस्थाको मानिन्छ ।
तर, भर्खरैको यो अभिव्यक्तिलाई कट्रिनाको बलिउडमा जम्ने हतियार पनि भनिएको छ, जसबाट उनी अहिले प्रदर्शनरत चलचित्रका लागि सबैको ध्यान आफूतिर तान्न सकून् । जब तक हे ज्यानमा सलमानका बलिउड प्रतिद्वन्द्वी शाहरुख खान नायक छन् । सलमानसँगको एक था टाइगरजस्तै यो फिल्मलाई पनि सफल पार्न उनले यस्तो अभिव्यक्ति दिएको चर्चा बलिउडमा राम्रैसँग फैलिएको छ । (एजेन्सी)
प्रतिक्रिया