भक्तपुरमा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

भक्तपुर । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–४ चारदोबाटोचोकमा गएराति टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । सोही दुर्घटनामा एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा स्कुटर चालक काभ्रेपलाञ्चोक घर भई हाल भक्तपुरको चाँगुनारायण बस्ने ३२ वर्षीय ज्ञानेन्द्र मल्ल ठकुरी रहेका छन् । उनको उपचारको क्रममा मध्यपुर ठिमी अस्पतालमा राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका स्कुटरमा पछाडी सवार म्याग्दी घर भई हाल चाँगुनारायण बस्ने ३३ वर्षीय बिमल श्रेष्ठको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बा ४ ख ८५८१ नम्बरको सटपरले गएराति साढे १२ बजे बागमती प्रदेश ०२–०२३ प ७७६९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । दुवै सवारीसाधन र सटपर चालकलाई नियन्त्रणमा लिएको प्रहरी वृत्त ठिमीले जनाएको छ ।

प्रतिक्रिया