काभ्रे । स्थानीय निर्वाचन लक्षित सत्ता साझेदार दलहरुबीच स्थानीय निर्वाचनमा जान भागबन्डा मिलेको छ । आईतबार अपरान्ह ३ः३० बजे गठबन्धन गरेर चुनावमा जाने सहमति भएको बैठकमा सहभागी कांग्रेस, समाजवादी र माओवादी केन्द्रका नेताहरुले जनाएका छन् ।
भागबन्डा हुँदा नेपाली कांग्रेसले बनेपा, पनौती, नमोबुद्ध, पाँचखाल, तेमाल, रोशी, बेथानचोक लिएको छ । जसमा ४ नगरपालिका र ३ गाउँपालिका रहेको छ । यस्तै समाजवादीले दुई नगरपालिका धुलिखेल नगरपालिका र मण्डन देउपुर नगरपालिका लिएको छ ।
भने माओवादी केन्द्रले ३ गाउँपालिका मात्रै लिएको छ । जसमा चौरी देउराली, भुम्लु, खानिखोला र महाभारत लिएको जनाएको छ भने जसपा र राष्ट्रिय जनमोर्चाले कुनै पनि नपाएको तथा बैठकमा समेत सामेल नभएको बताइएको छ । तर, हालसम्म प्रमुख उम्मेदवारको हुने र उपप्रमुख को हुने भन्ने विषयमा भने पार्टीहरुले निर्णय लिइसकेको छैन ।
प्रतिक्रिया