काठमाडौं । नायिका केकी अधिकारी व्यवसायी रोहित तिवारीसँग विवाह वन्धनमा बाँधिएकी छन् । उनीहरुले आज एउटा सानो समारोहमा परम्परागत तवरले लगनगाँठो कसेका हुन् । विवाहपश्चात केकीले सामाजिक सञ्जालमा स्टाटस लेख्दै विवाहको शुभ समाचार बाँड्न पाएको आफू हर्षित रहेको बताएकी छन् ।
जीवनको नयाँ अध्याय सुरु गर्दै गर्दा आफूहरुले सबैको आशिर्वादको अपेक्षा राखेको उनीहरुले बताएका छन् । ‘यहाँहरुको माया, साथ र सद्भाव हामीप्रति सदैव कायम रहने कुरामा हामी विश्वस्त छौं,’ उनले भनेकी छन् । करिब एक वर्षको प्रेम सम्वन्धपछि केकी र रोहितले दाम्पत्य जीवन सुरु गरेका हुन् ।
प्रतिक्रिया