काठमाडौं : आगामी मंसिर १४ गते राष्ट्रिय नाचघरमा आयोजना हुने चाँैथो फिल्मिखबर डिजिटल अवार्डमा नोमिनेसनम पर्न सफल कलाकारहरूलाई प्रमाणपत्र वितरण गरिएको छ । सोमबार चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई र निर्माता प्रदीपकुमार उदयलगायतले प्रमाणपत्र वितरण गरेका हुन् ।
चलचित्रका ३१ विधामा नोमिनेसन गरिएको अवार्डका लागि ६७–६८ सालमा निर्माण भएका डिजिटल चलचित्रले सहभागिता जनाएका छन् । अवार्डका संयोजक शान्तिप्रियले चलचित्रको उत्थान र संवद्र्धनको उद्देश्यले आयोजित कार्यक्रममा चलचित्रकर्मीको सहभागिता न्यून रहेकामा दु:ख व्यक्त गरे । अन्य तीन विधा पनि थप गरी ३४ अवार्ड वितरण गरिने आयोजकले जानकारी गराए । (सौस)
प्रतिक्रिया