देउसी–भैलोसँगै अडियो विमोचन

काठमाडौं : लायन्स क्लव अफ काठमाडौं बिहानीले तिहारको अवसर पारेर देउसी–भैलो कार्यक्रमको आयोजना गर्‍यो । सोमबार आयोजित कार्यक्रममा अडियो सिडी ध्वजाको अभिवादन विमोचनसमेत गरिएको थियो । अडियोमा सञ्जय तुम्रोक लिम्बु, रीता केसी र सुरज थापाको स्वर छ । देउसी–भैलोबाट संकलित रकम चितवनको धुम्बुसस्थित अनाथ, असाहाय बालबालिकाको सहयोगार्थ खर्च गरिने आयोजकले जानकारी गराएको छ । कार्यक्रममा शिव कैलास कला मन्दिरका विद्यार्थीले देउसी–भैलोको गीतमा विभिन्न नृत्य प्रस्तुत गरेका थिए । (सौस)

प्रतिक्रिया