सिलिगुढीमै नीलको अर्को सैलुन

सिलिगुटी : हेयरस्टाइलिस नील डेभिड कटवालले भारतको सिलिगुढीमै आङ्खनो सैलुनको दोस्रो शाखा पनि खोलेका छन् । सिलिगुडीस्थित सिटी सेन्टरमा खोलिएको नयाँ सैलुनको हालै नायिका रुस्मा राई र सिक्किमका नेपाली कलाकार महेन्द्र गुरुङले रिबन काटेर उद्घाटन गरे । छोटो समयमै नेपालमा स्थापित भएपछि करिब चार वर्षअघि उनले सिलिगुडीको सिटी मलमा नील डेभिड हेयरस्टाइल सैलुन स्थापना गरेका थिए । ‘नयाँ शाखामा पनि हेयर कटिङ, कलर, फेसियलका अतिरिक्त बडी स्पाको सुविधा उपलब्ध गराएको छु,’ नीलले भने । सन् ०१५ देखि आङ्खनै ब्रान्डमा फेसन कलेक्सन बजारमा ल्याउने योजना उनले सुनाए । (सौस)

प्रतिक्रिया