७८ पटक कोरोना परीक्षण गर्दा पनि पोजेटिभ

टर्की । टर्कीका एक क्यान्सर बिरामी मुजफ्फर कायासनको ७८ पटकसम्म कोभिड–१९ परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको छ । एउटै व्यक्तिको धेरै पटक पीसीआर परीक्षण गर्दा पोजेटिभ आउनु विश्वमै पहिलो घटना भएको चिकित्सकहरु बताउँछन् । उनी क्यान्सरबाट पीडित भएका कारण पनि लगातार भाइरसको संक्रमण भएको चिकित्सकको भनाइ छ ।

५६ वर्षीय मुझफ्फर आफ्नो यो अवस्थाबारे ठट्टा गरिरहन्छन् । उनी नोभेम्बर २०२० देखि अस्पतालमा छन् । कायसनलाई आफ्नो मनोबल उच्च भएकोले क्यान्सरसँग लड्ने क्रममा कोभिड संक्रमणविरुद्ध पनि लड्न सक्ने उनलाई विश्वास छ । उनले कोभिड–१९ पोजेटिभ भएका कारण नातिनी अजरा लगायत आफ्नो परिवारबाट ४४१ दिन अलग्गै बिताएका छन् ।

सामान्यतया, कोभिड संक्रमण भएका व्यक्तिहरूको पाँच दिन पछि परीक्षण गर्दा नेगेटिभ आउँने गर्छ तर कायसनले १४ महिनासम्म परीक्षण गर्दा पनि पोजेटिभ नै देखाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । पछिल्लो पटक पीसीआर परीक्षण गर्दा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि उनले भने ‘मलाई लाग्छ कि यो कोभिडको महिला संस्करण हो । उनी मसँग पागल भइन् ।’

प्रतिक्रिया