धुम मच्चाउने तयारी

मुम्बई : पूर्वमिस इन्डिया वल्र्ड सायली भगतले अब बलिउडमा धुम मच्चाउने बताएकी छन् । इमरान हासमीसँग पहिलो चलचित्र घोस्टमा अभिनय गरेकी सायलीका लगातार तीन चलचित्र प्रदर्शनको तयारीमा छन् ।
यिनै चलचित्रको प्रदर्शनसँगै बलिउडमा आफ्नो खुब चर्चा हुने अनुमान उनले गरिन् । एजेन्सीसँग भनिन्– ‘म केही राम्रो गरूँ भनेर बलिउड आएकी हुँ, मेरो यो चाहना यी चलचित्र प्रदर्शनमा आएपछि पूरा हुनेछन् ।’
घोस्टसँगै उनका पेइंग गेस्ट, जेल, द ट्रेनलगायत चलचित्र प्रदर्शन भइसकेका छन् भने चोरों कि बारात, डस्टबिन, राजधानी एक्सप्रेस र दिस विकंड प्रदर्शन पर्खिरहेका छन् । (एजेन्सी)

प्रतिक्रिया