काठमाडौं : कलेक्सन एल्बममा स्वर दिँदै आएका गायक बिपी वाग्लेले पहिलो एकल एल्बम ‘मधुर वचन’ बजारमा ल्याएका छन् ।
एल्बममा रोमान्टिक, डान्स, आधुनिक र जीबनपरक शैलीका आठ गीत छन् । मैले त, मार्यो–मार्यो, मेरो जीवन साथी, के भो गल्ती, नलुकाऊ मधुर बच्चन, मेरो गित, आज तिहारका बोलका गीत छन् । डा. भोला रिजाल, चिरन्जीवि शर्मा, जनप्रिया खनाल, लट्री चन्द्र, रेसम बिरागी अनि गायक स्वयंले लेखेका शब्दमा पण्डित इन्दु प्रकास, प्रबेस मल्लीक ,बसन्त सापकोटा ,चेतन चुडाललगायतले संगीत भरेका छन् । भारतको गन्धर्व महाविद्यालयबाट संगीतको प्रारम्भिक शिक्षा हासिल गरेका वाग्लेले भारतीय संगीतगुरु पण्डित इन्दुप्रकाशबाट शास्त्रीय र सुगम संगीतको प्रशिक्षण लिएका छन् । सानैदेखिको लगावले संगीतक्षेत्रमा लागेको बताउने उनले पश्चिमाञ्चल गायन प्रतियोगिताको २०५८ मा शीर्ष उपाधि पनि हात पारेका छन् । (सौस)
प्रतिक्रिया