काठमाडौँ । ग्लोबल आईएमई बैंक लिमिटेड र चुच्चेपाटी चाबहिलस्थित तिलगंगा सिटी आई सेन्टरबीच छुट दिने समझदारी भएको छ । बैंकका ग्राहकलाई तिलगंगा सिटी आई सेन्टरमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
उक्त समझदारीमा बैंकका प्रमुख मार्केटिङ अधिकृत दिलीप पोखरेल र सिटी आई सेन्टरका प्रमुख कार्यकारी अधिकृत आस्था पन्तले हस्ताक्षर गरेका छन् । सहमतिअनुसार अस्पतालले बैंकका डेबिट/क्रेडिट कार्ड एवं बैंकको मोबाइल एप (ग्लोबल स्मार्ट प्लस) प्रयोगकर्ताहरूलाई अस्पतालको सेवा उपचारमा लाग्ने शुल्कमा १५ प्रतिशतसम्म छुट प्रदान गर्नेेछ । आई सेन्टरले बैंकका ग्राहकहरूलाई आई सेन्टरको सामान्य आँखा परीक्षण, डाक्टरद्वारा सिफारिस चस्मा, शल्यक्रिया र थेरापीमा १५ प्रतिशतसम्मको छुट प्रदान गर्नेछ ।
ग्लोबल आइएमई बैंकका प्रमुख मार्केटिङ अधिकृत पोखरेलले तिलगंगा आई सेन्टरसँगको साझेदारीले बैंकका ग्राहकहरूलाई लाभान्वित गर्ने र बैंकको कार्ड तथा मोबाइल बैंकिङ सेवाको प्रयोगकर्ता वृद्वि हुने बताए । यसैगरी, यस साझेदारीपश्चात् ग्लोबल आइएमई बैंकका ग्राहकहरूले एउटै छानामुनि आँखासम्बन्धी सम्पूर्ण स्वास्थ्य सेवा सुविधाहरू उचित दरमा प्राप्त गर्ने र अस्पतालले स्वास्थ्य सेवा तथा सुविधाहरू विस्तार गर्न यस सहकार्यले सहयोग पुग्ने प्रमुख कार्यकारी अधिकृत पन्तले बताए ।
प्रतिक्रिया