लहान । सशस्त्र प्रहरी र सशस्त्र प्रहरीले सर्लाही र महोत्तरीमा ठूलो मात्रामा अवैध गाँजा खेती नष्ट गरेको छ । सशस्त्र प्रहरी प्रदेश २ का प्रमुख डीआईजी गणेश ठाडा मगरको नेतृत्वको टोलीले आइतबार ८ विगहा क्षेत्रफलमा लगाएको गाँजा खेती फँडानी गरी नष्ट गरेको हो । एकडाँरा गाउँपालिका ५ गोनाहा बथनाहा, वडा नं. ३ अजम्वरपट्टी, वडा नं. ४ रानिरतुवा लगायतको विभिन्न स्थानमा ८ विगहा क्षेत्रमा लगाइएको गाँजा फँडानी गरी नष्ट गरेको हो ।
महोत्तरी जिल्लााका प्रमुख जिल्ला अधिकारीसहित प्रदेश नं. २ छिन्नानमस्ता बाहिनीका बाहिनीपति, नम्बर ९ गणका सहायक प्रहरी उपरीक्षक, नेपाल प्रहरीका प्रहरी उपरीक्षक लगायतको प्रहरी टोलीले गाँजा फँडानी तथा बरामद गरी नष्ट गरेको डीआईजी मगरले जानकारी दिए । त्यसैगरी ,सर्लाहीको लालबन्दी नगरपालिका १४ मा लगाईएको अवैध गाँजा खेती सशस्त्र प्रहरीले नष्ट गरेको छ ।लालबन्दी नगरपालिका १४ को कामिटार, मटरखोला, हात्तिसुँडे, तोरीबारी, मटरदोभन र ब्रम्हस्थानमा स्थानियले लगाएको अवैध गाँजा खेती आइृतबार प्रहरीले नष्ट गरेको हो ।
उक्त स्थानमा ठूलो मात्रामा गाँजा खेती लगाएको सूचनाको आधारमा पुगेको प्रहरी र सशस्त्र प्रहरीको टोलीले करिब ३ बिघा क्षेत्रफलमा लगाएको गाँजा खेती नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाही, सशस्त्र प्रहरी सुरक्षा बल १० नं हेडक्वाटर गण कविलासी र सशस्त्र प्रहरी बल सुरक्षा वेश क्याम्प हरिवन, सर्लाहीबाट खटिएका सुरक्षाकर्मीहरुको टोलीले सो क्षेत्रमा लगाईएको अवैध गाँजा खेती नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।
सशस्त्र प्रहरी बल सुरक्षा वेश क्याम्प हरिवनका सशस्त्र प्रहरी प्रमुख सशस्त्र प्रहरी नायव उपरिक्षक दिपेन्द्र थापाको नेतृत्वमा गएको ७५ जना सुरक्षाकर्मीहरुको टोलीले गाँजा खेती नष्ट गरेको हो । सर्लाहीका प्रमुख जिल्ला अधिकारी,प्रहरी प्रमुख र सशस्त्र प्रहरी प्रमुख एकैपटक परिवर्तन भएपछि आक्रमक बनेको सर्लाहीको सुरक्षा संयन्त्रले आफ्ना गतिविधिहरुलाई थप शसक्त बनाएको छ ।
प्रतिक्रिया