आफ्नै प्रतिस्पर्धीलाई सम्मान

दैलेख । दैलेखको नारायण नगरपालिका सभापतिले आफ्नै प्रतिस्पर्धीलाई सम्मान गरेका छन् । नेपाली कांग्रेस दैलेखका दैलेखको नगर अधिवेशन सम्पन्न भए नव निर्वाचित नगर सभापति मनोज थापाले चुनावका बेलाका आफ्नै प्रतिस्पर्धी सुवास थापालाई घरमै गएर सम्मान गरेका हुन् ।

नेपाली कांग्रेसको चौधौँ महाधिवेशन अन्तर्गत दोस्रो चरणमा भयको नगर स्तरीय निर्वाचनमा विजयी भएका थापाले पार्टी भित्रै आफ्ना प्रतिस्पर्धाको रूपमा चुनावी मैदानमा रहेका नारायण नगर सभापतिको उम्मेदवार थापालाई घरमै पुगेर खादा ओढाएर सम्मान गरेको नेपाली कांग्रेस दैलेखले जनाएको छ ।

पार्टीको आन्तरिक चुनावमा जितपछि उन्मादले आफ्ना प्रतिस्पर्धीसँग बोलीसमेत बार्ने गरेको अवस्थालाई चिर्न नगर सभापति थापाले पराजित भएका आफ्ना प्रतिस्पर्धीलाई आवश्यक हौसला, साथित्व स्थापित गर्नुले पार्टीभित्र नयाँ तरङ्ग उत्पन्न भएको छ ।

सदैव गुटको सिकारले ग्रसित दैलेख कांग्रेसमा फरक गुटको प्रतिस्पर्धीसँग बोल्नसमेत अप्ठ्यारो मान्ने स्थितिमा एक आशा लाग्दा विद्यार्थी राजनीतिको पृष्ठभूमिबाट खरिएर आयका युवा नेता थापाले यसरी प्रतिस्पर्धीप्रति देखाएको आपसी भाइचाराले प्रतिस्पर्धी पराजित सुवास थापा पनि हर्षित भएको नगर सभापतिले बताए ।

उनले भने, ‘लोकतान्त्रिक अभ्यासमा हारजितलाई स्विकार्ने नेपाली कांग्रेसको संस्कार रहेकोले सो संस्कारको जगेर्ना गर्दै पार्टी चुवानमा क्रममा रहेका आपसी तिक्तता मेटाउन एवम् पूर्व सम्बन्धमा रहन आफूले सानो भेट गरेको हुँ ।’

विद्यार्थी राजनीतिबाट पोख्त रहेका थापा पार्टीभित्र अलि फरक स्वभाव र रुचि भएका युवा नेताका रूपमा चिनिन्छन् । पदमा नरहँदा समेत पार्टी सङ्गठनप्रति उनले दिएको योगदान उल्लेख्य रहेको महिला नेतृ प्रभा सिजापतिले बताइन् । सबै वर्ग समुदायलाई मिलाएर लैजाने मिलनसार स्वभावका थापा चुनावमा होमिएसँगै उनले पार्टीलाई दिएको योगदान स्वरूप पार्टीका प्रतिनिधिले विजयी गराएका हुन् ।

सभापति थापा निर्वाचित भएसँगै नारायण नगरका आम पार्टी कार्यकर्तामा समेत हौसला प्रदान भएको कांग्रेस नेता बखत कटुवाले बताए । बुढालाई सम्मान गर्ने र युवा प्रति विशेष आकर्षणमा रहेका सभापति थापाले सबैलाई मिलाएर जानेमा आफू ढुक्क रहेको नेता कटुवालको भनाई छ ।

प्रतिक्रिया