प्रतिनिधिसभाको अर्को बैठक असोज १९ मा बस्‍ने

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बिहीबारको बैठक करिब ८ मिनेट बसेर सकिएको छ । आजको बैठकमा पनि एमालेले अवरोध कायमै राखेको थियो । एमालेको अवरोधबीच सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजसम्बन्धी पत्र पढेर सुनाएका थिए ।

त्यस्तै, बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महालेखा परीक्षकको वार्षिक प्रतिवेदन पेश गरेका थिए। त्यसपछि सभामुख सापकोटाले प्रतिनिधि सभाको अर्को बैठक २०७८ असोज १९ गते मंगलबार दिनको १ बजे बस्ने गरी स्थगित भएको जानकारी दिए । आजको बैठकमा पनि एमालेले निरन्तर अवरोध कायमै राखेको थियो ।

प्रतिक्रिया