भोलि नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयको उद्घाटन

काठमाडौं । भोलि (शुक्रबार) मीनभवनमा नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयको उद्घाटन हुने भएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालले उक्त कार्यालयको उद्घाटन गर्ने पार्टीका प्रचारप्रसार प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

शुक्रबार बिहान १०ः३० बजे उद्घाटन हुने उनले बताए । मीनभवन, आलोकनगर, काठमाडौं (भिएस निकेतन स्कुलको पुरानो भवनको छेउबाट बागमती कोरिडोर) उनले लोकेशन बताएका छन् ।

प्रतिक्रिया