थपिए एक हजार ५११ जना संक्रमित, एक हजार ६८९ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा आज एक हजार ५११ जना कोरोना संक्रमित थपिएका छन् । ११ हजार २ सय ८ पीसीआर परीक्षण गरिएकोमा १ हजार १६५ जना र ३ हजार ९७१ एन्टिजेन परीक्षण गर्दा ३ सय ४६ गरी १ हजार ५११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा आजै कोरोनाबाट ११ जनाको मृत्यु हुनुका साथै एक हजार ६८९ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ ।

आज थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८१ हजार ९८९ पुगेको छ । साथै मृत्‍यु हुनेको संख्या ११ हजार २ पुगेको छ भने ७ लाख ४५ हजार २१५ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ७७२ जना रहेका छन् । तीमध्ये २४ हजार २२२ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ५५० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ४०७ जना आईसीयू र १२८ जना भेन्टिलेटरमा उपचाररत् रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया