बर्दिया । म्याद नाघेका तथा लेवल नछापी प्याकिङ्ग गरिएको सामान सहित एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरी टोलिले नेपालगंज देखि गुलरिया तर्फ आउँदै गरेको अवस्था सामानसहित नियन्त्रणमा लिएको हो । नियमित चेकजाँचको क्रममा भादा पुलमा नेपालगंज देखि गुलरिया तर्फ आउँदै गरेको जिल्ला बर्दिया मधुवन नगरपालिका वडा नं १ सानोश्री बस्ने मिनबहादुर विसीले चलाएको बा १८ च ११८५ नम्बरको गाडीमा म्याद नाघेका, लेवल नछापी प्याकिङ्ग गरिएका सामानहरू फेला परेको प्रहरीले जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
प्रहरीका अनुसार गाडी र चालकलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगंज बाँकेसँग समन्वय गरि जिल्ला प्रशासन कार्यालय र उद्योग बाणिज्य संघ बर्दियाका प्रतिनिधिको रोहवरमा गाडिमा भेटिएको फ्रुटो स्वादिष्ट पेप्सी जुस ९२ प्याकेट र ३ किलोग्राम छुर्पी नष्ट गरिएको छ । अन्य म्याद नाघेका खाद्यान्न सामानहरु परिक्षणको लागी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगंज बाँके पठाईएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया