पर्सा । जिल्लाको जगरनाथपुर गाउँपालिकालाई पूर्ण खोप गाउँपालिका घोषणा गरिएको छ । आज एक कार्यक्रमका बीच गाउँपालिकामा रहेका दूईवर्ष मुनीका बालबालिकाहरुलाई स्वास्थ्य केन्द्रमा पुगेर लगाईसकेपछि आज यस गाउँपालिकालाई पूर्ण खोप घोषणा गरिएको हो । महिला स्वयमसेविकाहरु सहयोगमा अनमी र अहेबले घर—घरमै पुगी खोप लगाएका थिए । ‘स्थानिय स्वामित्व र सहभागिता’ पुर्ण खोप सुनिश्चित्ता हाम्रो प्रतिवद्धताको’ नारा साथ जगरनाथपुर गाउँपालिका को सभा हलमा गाउँपालिका लाई पूर्ण खोप घोषणा गरिएको हो ।
गाउँपालिका को स्वास्थ्य शाखाले एक कार्यक्रम आयोजना गरेर पूर्ण खोप जिल्ला घोषण गरेको हो । कार्यक्रममा जिल्ला समन्वय समिति पर्साका सभापति नेकमहम्द मियाले घोषणा पत्र पढेर सुनाएका थिए । उनले खोपको बारेमा विषेशगरी महिलाहरुले बुझनु पर्ने आवश्यक्ता रहेको बताए । स्वास्थ्यकर्मी हरु को अहमभुमिका रहेको बताउदै उनले स्वास्थ्य कर्मीहरु ले इमानदारी पूर्वक काम गरे जनताले दुख नपाउने बताए । कार्यक्रम गाउँपालिका अधयक्ष जालिम मियाँको अध्यक्षतामा सम्पन भएको थियो । पाँचै वडा हरुमा पूर्णखोप घोषणा भईसकेकोले जगरनाथपुर गाउँपालिकालाई पूर्ण खोप घोषणा गरिएको हो। कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी पितामबर घिमरे, सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र खडका, डिएसपी ओमप्रकास खनाल, स्वास्थ्य कार्यालय प्रमुख नवल किसोर साह, जिल्ला सुपरभाइजर अधिकृत पशुपती यादव, जसपाका युवा नेता सरिफ गदी र गाउँपालिका उपाध्यक्ष बिसमिला खातुनको उपस्थिति रहेको थियो ।
त्यस्तै, वडाध्यक्ष मंगरु राउत गदी, नगिना राउत अहिर, प्रभुनाथ प्रसाद नुनिया, अयोधया पटेल, एनजियो सिसि अध्यक्ष ईब्राहिम देवान, गाउँ पालिका निमित प्रमुख उतमकार्की स्वास्थ्य शाखा प्रमुख प्रभेन्द्र साह, सदाम आईटी अफिसर अन्सारी, योजना प्रमुख दिपेन्द्र चौधरी, पूर्णखोप घोषण कार्यक्रम मा कार्यपालिका सदस्य स्वास्थ्यकर्मी लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया