काठमाडौ । नेपाल सी आर एस कम्पनीले परिवार योजना सम्बन्धि ‘मेरी संगिनी’ नामक मोबाइल एप सुरु गरेको छ । अस्थाई र छोटो अवधिका परिवार योजनाका साधनहरुको बारे बिस्तृत जानकारी दिने उदेस्यले मेरी संगिनी मोबाइल एप सुरु गरिएको कम्पनीले जनाएको छ । मेरी संगिनी बाट प्रदान गरिएको अस्थाई तथा छोटो अवधिका परिवार योजनाका साधनहरु सम्बन्धि तथा सो साधन को प्रयोगबाट पर्न जाने साधारण प्रति असरको समेत जानकारी प्रजनन उमेरको जो कोहिलाई अति उपयोगी हुने भएता पनि बिशेष गरि किशोर तथा किशोरी एबम नवविवाहित जोडीहरुलाई अत्यन्त उपयोगी रहने सी आर एस कम्पनीले जनाएको छ ।
एपमा आफु नजिकैको अस्थाई तथा छोटो अवधिका परिवार योजनाका साधन उपलब्ध गराउने औशधि पसल, क्लिनिक र संगिनी सेवा केन्द्रको ठेगाना र नक्शा पनि उपलब्ध हुने हुँदा आफु नजिकैको तालिम प्राप्त र दक्ष्य सेवा केन्द्रबाट आफुलाई उपयुक्त हुने साधनको सेवा समेत लिन मदत गर्ने पनि विज्ञप्तिमा उल्लेख छ । परिवार कल्याण महाशाखाका निर्देशक डा.तारा नाथ पोख्रेलले परिवार योजनाका साधनको पहुच बढाउनका निम्ति मोबाइल प्रविधिको भूमिका अत्यन्त महत्वपुर्ण रहेको र मेरी संगिनी एपले उपभोक्तालाई अस्थाई गर्वनिरोधक साधन बारे सुसुचित छनौट गर्न सहयोग पु¥याउने बताएको पनि कम्पनीले जनाएको छ । सी आर एस कम्पनीका प्रबन्ध निर्देशक जिबलाल पोखरेलले मातृ मृत्युदर घटाउन परिवार योजनाको ठुलो भमिका रहेको र प्रयोगकर्ता माझ सहि र अद्यावधिक सूचनाको पहुच बढाउनमा संचार प्रविधिको ठुलो महत्व रहेको बताए ।
प्रतिक्रिया