एमाओवादीका जनवर्गीय संगठनमा विवाद

काठमाडौं, २९ भदौ । सत्तारुढ एकीकृत माओवादीले प्राविधिक समस्या देखाउँदै जनवर्गीय संगठनहरुका सम्मेलन रोक्ने निर्णय गरेको छ ।
एमाओवादीका प्रवक्ता अग्नि सापकोटाले आज विज्ञप्ति जारी गरेर अर्को निर्णय नभए सम्मका लागि जनवर्गीय संगठनहरुको सम्मेलन स्थगित गरेको जनाएका छन् ।
अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष समेत रहेका प्रधानमन्त्री बाबुराम भट्टराई निकट मानिने मजुर नेताहरुले होटेल तथा रेष्टुँरा मजदुर संगठनमा अलग अलग सम्मेलन गर्ने भन्दै कार्यक्रम र समिति सार्वजनिक गरेपछि विवाद छताछुल्ल भएको थियो ।
दाहाल र भट्टराई समूह बनाएर केही मजदुर नेताहरुले पत्रकार सम्मेलन समेत गरिसकेका छन् ।
‘कतिपय प्राविधिक र अन्य जटिलताका कारण जनवर्गीय संगठनहरुको निर्धारित सम्मेलन हाललाई स्थगित गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सम्मलेनको अर्को मिति जनवर्गीय संगठनका फ्रयाक्सन इञ्चार्ज र सम्बन्धित संगठनका पदाधिकारीहरुसँग सल्लाह गरेर तोकिने छ ।’

प्रतिक्रिया