दलित महिलाले जन्माइन् तिम्ल्याहा

महोत्तरी, २७ भदौ । महोत्तरी जिल्लामा दलित महिलाले तिम्ल्याहा शिशुलाई जन्म दिएकी छन् ।
सदरमुकाम जलेश्वर नगरपालिका–७, बजराही निवासी राजीव महराकी पत्नी हेमाले अञ्चल अस्पताल जनकपुरमा दुई छोरा र एक छोरी जन्माएकी हुन् ।
आमासहित तीनवटै शिशु स्वस्थ्य रहेको अस्पताल स्रोतले जनाएको छ । बिहे भएको तीन वर्षपछि एकैसाथ तीन शिशुका बुबा बनेका राजीव निक्कै खुसी भएको बताए ।
उनले परिवार गरिव भएको भन्दै तीन शिशुको स्याहार गर्न एकैसाथ कठिनाइ उत्पन्न हुन सक्ने गुनासो गरे ।

प्रतिक्रिया