ज्वरोको औषधि किन्न गएका पुरुषको बाटोमै मृत्यु

धनुषा । धनुषामा एक पुरुषको अचानक मृत्यु भएको छ । जिल्लाको बटेश्वर गाउँपालिकामा ४३ वर्षीय लोकबहादुर परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । बटेश्वर बजारमा खाजा पसल सञ्चालन गर्दै आएका परियारलाई ३–४ दिनदेखि ज्वरो आइरहेको थियो।

उनी मंगलबार बिहान स्थानीय एक औषधि पसलमा ज्वरोको औषधि खरिद गएका थिए । त्यही बेला पसल अगाडि नै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । औषधि पसलले उनमा कोरोना संक्रमणको लक्षण रहेको भन्दै जनकपुर प्रादेशिक अस्पतालमा गएर जाँच गराउन सल्लाह दिएका थिए।

प्रतिक्रिया