काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसहित एमाले नेताहरु र जसपा अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरुबीच मंगलबार भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्ता सकारात्मक भएको नेताहरुले प्रतिक्रिया दिएका छन्। जसपा नेताहरुको मागप्रति प्रधानमन्त्री ओली सकारात्मक भएपछि जसपा नेताहरु प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए। भेटमा जसपाको मागका विषयमा सकारात्मक छलफल भएको थियो।
प्रधानमन्त्री ओलीले जसपा नेताहरुको माग पूरा गर्न सरकार सकारात्मक रहेको भन्दै सत्ता साझेदारीको प्रस्ताव राखेका छन्। जसपा नेताहरुले पनि आफूहरुको माग सम्वोधन भए सरकारमा सहभागी हुने सकिने जवाफ दिएका छन्। जसपाले निर्वाचित सांसद रेशम चौधरीलाई रिहाइ गर्नु पर्ने, संविधान संशोधन गर्नुपर्ने लगायतका माग राखेको छ।
प्रतिक्रिया