बिओकेको विशेष साधारण सभा

काठमाडौ । बैंक अफ काठमाण्डू (बिओके) को वशेष साधारण सभा सम्पन्न भएको छ । उक्त समारोह बैंकको सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो । उक्त विशेष साधारण सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालक गोबिन्द प्रसाद शर्मा, मदन लाल जोशी र अमृता उप्रेती सञ्चालक पदमा निर्बिरोध निर्वाचित भएका छन । बैंकले हाल ९० शाखा कार्यालय, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहकलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया