प्रचण्डसँग पार्टी एकता गर्ने तयारीमा गोपाल किराँती

काठमाडौं । नेकपाको नाम विवादसम्बन्धी सर्वोच्च अदालतको फैसलापछि नेकपा माओवादी केन्द्र र नेकपा एमाले ब्युँतिएका छन् । एमाले ब्युँतिएपछि प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली नेकपा एमालेको अध्यक्ष बनेका छन् भने पुष्पकमल दाहाल ‘प्रचण्ड’ माओवादी केन्द्रको।

यसअघि दुवै पार्टीबीच एकता भई नेकपा नाम कायम हुँदा किराँतीले माओवादी केन्द्र निर्वाचन आयोगमा दर्ता गरेका थिए ।

तर, अब सर्वोच्चको फैसला अनुसार किराँतीले नयाँ नाम खोज्नुपर्ने भएको छ । हाल नामविहिन भएका किराँती पुनः प्रचण्डसँगै मिल्ने तयारी गरेका छन् ।

सर्वोच्चको फैसलापछि निर्णय गर्न किराँतीको पार्टीको केन्द्रीय समितिको बैठक राजधानीमा बसिरहेको छ। सो बैठकले प्रचण्डसँग पार्टी एकताको निर्णय गर्ने बुझिएको छ।

किराँतीले पूर्वमाओवादीहरु एक हुनुपर्ने भन्दै सामाजिक सञ्जालमा स्टाटस समेत लेखेका छन्। यसअघि किराँतीले विप्लव नेतृत्वको नेकपासँग मिलेर जनवादी क्रान्ति गर्ने बताएका थिए।

प्रतिक्रिया