रञ्जित र गीता फिचर्ड ‘छाडी गयौ’

काठमाडौं । गायक केतन क्षेत्रीको नयाँ गीत ‘छाडी गयौ’को म्युजिक भिडियो सार्वजनिक भएको छ । सत्य घटनामा आधारित यस गीतमा अमेरिकाको ओहायो निवासी गीतकार नारायण रसाइलीको शब्द तथा संगीतकार सुभाष भुषालको संगीत छ । गीतमा पुरुषोत्तम सुवेदीको संगीत संयोजन रहेको छ ।

वियोगान्त कथामा आधारित म्युजिक भिडियोमा रञ्जित पौडेल र गीता ढुंगाना फिचर्ड छन् । बुद्ध थापाको छायांकन रहेको भिडियोमा विकास धमलाको सम्पादन, रेशम बुढाथोकीको सहायक निर्देशन र निकेश खड्काको निर्देशन छ ।

तारा लोहनी रसाइली निर्माता रहेको म्युजिक भिडियो भवीलाल गोल्ड हाउसको आधिकारिक च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया