कालिकोट । जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका अहेब नन्दबहादुर मल्लले दुइ महिना अगाडि फार्मेसीमा टिकटक बनाएका थिए । टिकटकमा भिडियो पोष्ट भइसकेपछि पत्रकार रमेश बहादुर बुढाले उक्त भिडियो मोवाइलमा सुरक्षीत राखे । दुई महिना अगाडि पोष्ट भएको भिडियोलाई घुसको आधार मानि पत्रकार रमेश बहादुर बुढाले अहेब नन्दबहादुर मल्लसँग एक लाख ५० हजारको बार्गेनिङ गरेको अहेब मल्लले बताए ।
मल्लसँग भएको अडियोलाई सुन्दा पत्रकार बुढाले ‘अरुलाई भए एक लाख ५० हजार भन्थेँ, तर तपाइँलाई चिनेको आधारमा १० हजार भए पुग्छ’, भन्दै बारम्बार फोन गरेर पैसा चाहियो भनेका छन् । बारम्बार फोन गरेर आफूलाई सताउँदा स्वास्थ्यकर्मी मल्ल दुखित भएको बताए ।
‘१० हजार घुस मागेको अडियो राखेको छु, मलाइ बारम्बार सताएको छ’, भनेर पत्रकारहरुलाई खबर गर्दा जिल्लास्थित ४ जना पत्रकार तत्कालै जिल्ला अस्पताल गएर स्वास्थकर्मीसँग भएको अडियो सुन्दा साच्चिकै घुस मागेको नगद भए नगद नत्र चेक पठाइदिन भनेका छन् ।
अस्पताल विकास समितिका अध्यक्ष सरोज बोगटीले यसरी घुस माग्ने पत्रकारलाई तत्कालै पत्रकार महासंघले कारवाही गरेर कुनै पनि पत्रपत्रिकामा काम नगर्ने वातावरण गर्नुपर्ने बताएका छन् । पत्रकार बुढाले जिल्लास्थित ‘अन्य पत्रकारहरुले घुस लिएको आफूसँग प्रमाण छ’ भन्दै अहेब मल्लसँग बार्गेनिङ गरेका छन् ।
अडियो रेडर्क १३ मिनेट ५७ सेकेन्ड र अक्रो १७ मिनेट ३५ सेकेन्डको अडियो छ । अडियोमा नानाथरी शब्दहरु बोली टिकटक फार्मेसीमा किन बनाको भन्दै बार्गेनिङ गरेका छन् । अनलाईन न्युज खवर डटकमका जिल्ला ब्युरो प्रमुखसमेत रहेका पत्रकार रमेश बहादुर बुढालाई अनलाईनको ब्युरो प्रमुखको जिम्मेवारीबाट पछाडि पार्ने प्रबन्धक निर्देशक विश्वनाथ सिम्खाडाले बताएका छन् ।
सिम्खाडाका अनुसार सत्यतथ्यको खोजी गरी ब्युरो प्रमुखलाई कारवाहीको दायरामा ल्याउने बताएका छन् । यता स्वास्थ्यकर्मी नन्दबहादुर मल्लले भने यसरी घुस माग्ने पत्रकार होस या कर्मचारी सबैलाई यसरी नै तह लाउनु पर्छ भन्ने धारणा राखेका छन् ।
कालिकाेट
प्रतिक्रिया