पुरा रकम भुक्तानी नपाएको भन्दै उखु किसानले गरे फेरि आन्दोलनको घोषणा

काठमाडौं । आफ्नो भुक्तानी पुरा रकम भुक्तानी नपाएको भन्दै उखु किसानले गरे फेरि आन्दोलनको घोषणा गरेका छन् । सरकारले २१ दिनभित्र उखु किसानको सम्पूर्ण बाँकी बक्यौता रकम भुक्तानी गराइदिने सम्झौता गरे पनि भुक्तानी हुन नसकेको भन्दै उखु किसान संघर्ष समितिले आज फेरि आन्दोलनको घोषणा गरेको विज्ञप्तिमार्फत जनाएका छन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मौखिक रुपमा रु ६५ करोड कबुल गरेको रकममध्ये ५७ करोड भुक्तानी गराइसकेको तथा बाँकी ८ करोड पनि मन्त्रालयको नियन्त्रणमा आइसककेको जनाएको भएपनि यसमा शंका रहेको संघर्ष समितिले बिहीबार विज्ञप्ति जारी गरेको हो ।

किसानले भुक्तानी पाउनुपर्ने यकीन रकमका विवरण उद्योग र उद्योगीसँगै रहेकोले सो अनुसारको किसानको सम्पूर्ण रकम किसानको खाता मार्फत भुक्तानी गरिसकेको विश्वसनीय एवं स–प्रमाण विवरण तत्काल सार्वजनिक नगरेसम्म आन्दोलन जारी रहने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उक्त आन्दोलन अनुसार माघ १० गतेदेखि फागुन ७ गतेसम्म किसान जागरण अभियान, फागुन ८ देखि १४ गतेसम्म कालोपट्टी बाँधेर खेतमा काम गर्ने, फागुन १५ देखि २१ गतेसम्म एक छाक उपवास बसेर खेतमा काम गर्ने आज सार्वजनिक विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया