शसस्त्र प्रहरी पाँचथरको प्रभातफेरि

पाँचथर । शसस्त्र प्रहरी बल नेपाल हिमशिखर गुल्म पाँचथरले बिहीबार फिदिम बजारमा प्रभातफेरि गरेको छ । बिहीबार २०औँ शसस्त्र प्रहरी दिवशको अवसरमा विभिद कार्यक्रमसहित दिवस मनाएको हो । फिदिम बजार क्याम्पस मोेडबाट शसस्त्रले शान्ति सुरक्षा, प्रतिबद्धतासहितको ब्यानरमा प्रभातफेरि मनाएको छ ।

प्रभात र्यालि, जिल्लाप्रहरी कार्यालय हुँदै शिवालय मन्दिर, फिदिम बजार मेलनाईबाट आहाल गैरीमा टुंगिएको हो । गुल्मले दिवसको अवसरमा केही दिन बघि नै तीन वटा मन्दिर परिसरहरुमा सरसफाई अभियान गरेको थियोे ।

गुल्मका प्रमुख पदाधिकारीहरुसहित शिवालय, सुमात्लुङ गढी, किरातेस्वर, मन्दिरहरुमा बिहानै सरसफाई गरेको थियो । हिमशिखर गुल्मले आगामी दिनमा पालिकास्तरीय विपद न्यूनिकरण, विद्यालयमा विभिन्न सचेतना तालिमको आयोजना गरिने हिमशिखर गुल्मका प्रमुख किशोर कुमार श्रष्ठले जानकारी दिए ।

दिवसका अवसरमा आन्तरीक टेवलटेनिस, ब्याडमिटन्नलगायत खेलकुद प्रतियोगिहरुलाई समेत शुक्रबार पुरस्कार वितरण हुने गुल्मका प्रमुख श्रेष्ठले बताए ।

यो बेला आगलागिका घटनाहरु बढ्नुका साथै झुन्डिएर आत्महत्या लगायत घटना बढेकाले जोखीम न्यूनिकरणमा सबै सरोकार निकायको चासो र जोखिमलाई बेलैमा बचाउन सकिने भएपनि सूचनाको अभाव रहेको प्रमुख श्रेष्ठको भनाइ छ ।

जिल्ला विपद ब्यवस्थापन समितिले पालिकास्तरसम्म विपदको अवस्था रोक्न र नहुन, बिपद भएमा चनाखो हुन सूचनाको सर्कुलरको आवश्यक्ता देखिएको छ ।

यता विपद ब्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी पुण्य प्रसाद ढकालले आगलागी लगायत विभिन्न विपदका सबै, आत्महत्याका घटनाहरुमा न्यूनिकरण अभियानसँगै मनोपरामर्श जस्ता सचेतनाका तालिम गर्ने बताए ।

प्रतिक्रिया