काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल पक्षले संसद विघटनविरुद्ध मोटरसाइकल र्याली निकालेको छ । भृकुटीमण्डपबाट निकालिएको र्याली बागबजार, शहीदगेट, त्रिपुरेश्वर, कुपन्डोल, कोटेश्वर हुँदै तीनकुनेमा पुगेर कोणसभामा परिणत भएको छ ।
कोणसभामा परिणत भएको मोटरसाइकल र्यालीमा जनसंगठन प्रमुखहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । माघ ९ गते राजधानीमा शक्ति प्रदर्शन गर्ने तयारी गरेको प्रचण्ड(नेपाल पक्षले त्यसको पूर्वसन्ध्यामा मोटरसाइकल र्याली गरेको हो ।
प्रतिक्रिया