पाँचथर । समृद्ध पाँचथर संस्थाले बालबालिकाहरु लाई जाडोमा न्यानो कपडा (स्वेटर) बितरण गरेको छ । शनिबार श्री जाग्रीती आधारभुत बिद्यालय फिदिम नगरपालिका ४ सालघारीका बालबालिकाहरु लाई उक्त कपडा (स्वेटर) वितरण गरिएको हो । संस्थाकी अध्यक्ष भुमिका सुब्बाले आफ्नै ब्यक्तिगत लगानीमा ९७ जना बालबालिकाहरु लाई उक्त स्वेटर वितरण गरिन ।
समृद्ध संस्था २०५७ सलामा स्थापना भई हालसम्म बालबालिकाहरु लाइ सेवा दिदै आइरहेको छ । सस्थाले गरेका बिषयमा संस्थाका सचिव तथा अधिकारकर्मी पुन्य दुदालले जानकारी गराए । बिद्यालयमा आवाशीयरुपमा २५ जना समस्यामा परेका बालबालिकासमेत रहेका छन ।
स्वीटर बितरण पछि सस्थाकी अध्यक्ष तथा कार्यक्रमकी प्रमुख अतिथि भुमिका सुब्बाले फिदिम नगरकी बुहारी भईआए पछि भावनाले नै संस्था स्थापना गरी बालबालिकाको उद्धार र क्षमताको बिकास र ब्यक्तीगत सहयोग प्रदान गर्दै आएको बताईन ।
उनले बिगतमा केहि पालिकाहरुमा समेत बिपतमा आगोलागी प्रभावित परिवारका बालबालिकाहरु लाई सहयोग गर्ने जस्ता काम गरिरहेको बताइन । सुब्बा वर्तमान नेपाल सरकारका भौतिक पुर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङका धर्मपत्नी समेत हुन । उक्त बिद्यालयलाइ मन्त्री नेम्वाले माघ १ गते बिद्यालय परीवारमाझ ट्वाइलेट र खानेपानीको ब्यवस्था मिलाइदिने प्रतिबद्धता बचनलाइ संस्थाले पुरागरि छाड्ने सुब्बाले बताइन ।
स्वेटर बितरण कार्यक्रम बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिर्खबहादुर तामाङको अध्यक्षता सम्पन्न भएको हो । उक्त सभामा बालबालिका तथा अभिभावकहरु माझ बालहिंसा तथा अपराध र त्यसको रोकथामका बिषयमा नेपाल बालसंगठन पाँचथर जिल्ला सभापति कृष्ण ओझाले मन्तव्य राखेका थिए ।
प्रतिक्रिया