भैरवीमा तीनदिने आईसीटीसम्बन्धी तालिम

दैलेख । दैलेख जिल्ला भैरवी गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा भैरवी गाउँपालिकाका सबै विद्यालयहरुका प्रधानाध्यापक र कम्प्युटर अपरेटरहरुलाई तीनदिने आधारभूत आईसीटीसम्बन्धी तालिम सञ्चालन भएको छ । सोमबारबाट सञ्चालन भएको उक्त तालिम भैरवी गाउँपालिकाको वडा नं. ५ मा रहेको श्री हिमायल मावि डाँडीमाडीमा सञ्चालन भएको छ ।

भैरवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर बुढाको अध्यक्षतामा सुरु भएको सो तालिममा ४४ विद्यालयका प्रधानाध्यापक तथा कम्प्युटर अपरेटर गरी ५१ जनाको सहभागिता रहेको गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख दिपक कुमार खनालले जानकारी दिए ।

तालिम सञ्चालनमा दक्ष जनशक्ति नभएमा राज्यले निर्धारण गरेको उद्देश्य पुरा हुन नसक्ने र त्यस कारण अहिलेको युगमा प्रविधिलाई छुटाउन नहुने र ज्ञान जन्मदेखि मृत्युसम्म पनि नसकिने हुँदा विशेष गरी विद्यालयको शैक्षिक स्तर बृद्धि तथा विद्यालयमा हुने विभिन्न प्रशासनिक कामकाज गर्न सजिलो होस भन्ने उद्देश्यले उक्त तालिम सञ्चालन गरेको भैरवी गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाले जनाएको छ ।

भैरवी गाउँपालिका सूचना अधिकृत सन्दिप बुढा प्रशिक्षक तथा सहायक प्रशिक्षक हिमालय माध्यमिक विद्यालयका कम्प्युटर अपरेटर मिलन आचार्यरहेको तालिममा अथिति भैरवी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत भलाराम पंगेनी, भैरबी गाउँपालिका कि उपाध्यक्ष पदम कुमारी विष्ट, हिमालय मावि डाँडीमाडीका निमित्त प्रधानाध्यापक माधव तिमिल्सेना समेत उद्घाटन कार्यक्रममा उपस्थित थिए ।

प्रतिक्रिया